शेरा दरबारबारे बोले प्रचण्ड !
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (बिहीबार) बसेको बैठकमा एमाले सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गा हिनामिनाबारे गृहमन्त्री रमेश लेखकसँग जबाफ मागेका छन् ।
बैठकमा सहभागी गृहमन्त्री लेखकसँग उनले शेरा दरबारबारे भएको के हो भनि जवाफ माग गरेका हुन् ।
उनले भने, ‘शेरा दरबारको जग्गाबारे सञ्चार माध्यमहरूमा समाचार आएका छन्, के भएको हो, कसरी अघि बढेको हो, गृहमन्त्रीले जबाफ दिनुपर्यो ?’
बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए ।
उनले कानुनबमोजिम शेरा दरबारको जग्गा सरकार मातहतमा ल्याउनुपर्ने बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस