विपद् प्रभावितको राहतमा सक्रिय बन्न नेकपा संसदीय दलको निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सङ्घीय संसदीय दलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ।
दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद्पछिको उद्धार र पुनर्निर्माण कार्यलाई तीव्र बनाउन सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।
त्यस्तै, बैठकले संसद् अधिवेशन अन्त्य भएलगत्तै सबै सांसदहरूलाई आआफ्नो निर्वाचन क्षेत्रमा फर्किएर जनभेटघाटमा केन्द्रित हुन निर्देशन दिएको छ।
प्रमुख सचेतक युवराज दुलालका अनुसार बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका मुद्दामा पार्टीको भूमिका, कानुन निर्माणमा संसदीय समितिका कामकारबाही तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा गम्भीर समीक्षा गरिएको थियो।
बैठकमा आगामी दिनमा संसद् र संसदीय समितिहरूमा पार्टीका तर्फबाट उठाइने मुद्दाहरूलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउने विषयमा समेत गहन छलफल भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस