भ्रष्टाचारका फाइलहरू खोलौँ तर खोल्ने धम्की बन्द गरौँ : गगन
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताएका छन् । उनले आज (बिहीबार) संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो बताएका हुन् ।
भ्रष्टाचारको अनुसन्धान नियमित भएकाले फाइल खोल्ने धम्की बन्द गर्न आग्रह पनि गरेका छन् । बैठकमा उनले धम्कीका कारण पनि भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए ।
‘भष्ट्राचारका कुन–कुन फाइल खोल्ने हो ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु भन्दा आजित भइसक्यो,’ थापाले भने, ‘कुन फाइल खोल्ने हो ? शेरा दरबार, ललिता निवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । तर, खोल्ने भन्दै धम्की दिन बन्द गरौँ ।’



तपाईको प्रतिक्रिया दिनुहोस