Techie IT
२०८२ चैत्र ५, बिहीबार

बागलुङमा भीषण बाढीले दुईको ज्यान लियो, एक बेपत्ता


बागलुङ नगरपालिका–४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बाढीले बगाएको हो । यस दुर्घटनामा परी बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको छ ।

बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।  ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको छ । अहिले पनि वर्षा भइरहेको हुँदा बेपत्ताको खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट