Techie IT
२०८२ चैत्र ४, बुधबार

आगलागीबाट लाखौंको क्षति


विद्युत सर्टका कारण दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

काठमाडौं महानगरपालिका–१४ भुलेश्वर मार्गमा बाँके, राप्ती सोनारी गाउँपालिका–१ निवासी ४५ वर्षीया प्रतिमा थापाको “माया दिदी खाजा पसल” मा गए राति विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट पसलमा रहेका १ थान फ्रिज, १ थान म्युजिक सिस्टम, खुद्रा सामान, काउन्टर र्‍याक, र नगद गरी करिब २ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१ धम्बोझी चन्दननाथ निवासी मञ्जु गुरुङको "बंसिका जनरल स्टोर तथा कस्मेटिक पसल" मा विद्युत सर्ट भएर गए राति आगलागी भएको छ ।
आगलागीबाट पसलका सबै कस्मेटिक सामग्री जलेर नष्ट भए पनि क्षतिको पूर्ण विवरण हालसम्म खुल्न सकेको छैन । दुबै स्थानमा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट