Techie IT
२०८२ भाद्र ६, शुक्रबार

बलात्कारको बदला लिन बुबालाई आगो लगाएको आरोपमा दुई किशोरी बहिनी पक्राउ


बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।     
    
पञ्जाबको गुजरानवाला शहरमा जनवरी १ मा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा मङ्गलबार उनको मृत्यु भएको हो ।     
    
“ती केटीहरूले आफूहरूबीच ‘स्थायी समाधान’ खोज्ने निर्णय गरेको बताए”, सहरका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भने, “त्यसपछि उनीहरूले मोटरसाइकलबाट पेट्रोल लिएर सुतिरहेका बुबालाई आगो लगाइदिएका थिए ।”     
    
सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न खोजेको बताएका छन् ।     
    
उनीहरूका आमाहरू दुव्र्यवहारका बारेमा जान्दथे तर बदला लिने योजनाका बारेमा थाहा थिएन । उनीहरू दुवै ती पुरुषसँग विवाहित हुन् ।     
    
केटीहरूको पहिचान सुरक्षित राख्न एएफपीले ती व्यक्तिको नाम उल्लेख गरेको छैन । तीमध्ये एक अघिल्लो विवाहकी छोरी हुन् । पत्नीहरूमध्ये एकलाई पनि पक्राउ गरिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको छ ।     
    
“अनुसन्धान सकिने बित्तिकै केही दिनभित्रै उनीहरूलाई अदालत समक्ष पेश गर्ने अपेक्षा गरेका छौँ”, तारिकले भने ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट