Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार: चार जना दोषी, दस जना सफाइ


मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले चार जनालाई दोषी ठहर गरेको छ भने दस जनालाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपितमा तीन पूर्वसचिव र विभिन्न परामर्शदाता तथा निर्माण कम्पनीका प्रतिनिधिहरू समावेश थिए। अदालतले तत्कालीन सचिव गजेन्द्र ठाकुर, कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल र परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ। ठाकुर र कँडेलसँग १० करोड १० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ भने देवकोटा र शर्मा सँग २ करोड ९५ लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

इटालियन निर्माण कम्पनी सीएमसीलाई पनि भ्रष्टाचारमा संलग्न ठहर गर्दै अदालतले सजाय र जरिवानाका लागि अर्को पेशी तोक्ने आदेश दिएको छ।

दोस्रो पक्षमा, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्द प्रसाद पौडेल, र अन्य नौ व्यक्तिहरूलाई सफाइ दिइएको छ। अख्तियारले उनीहरूमाथि करिब ८९ करोड ८ लाख रुपैयाँ राज्यकोषमा नोक्सानी गरेको आरोप लगाएको थियो। अदालतले कतिपय व्यक्तिहरूको निर्णय प्रक्रियामा संलग्नता नदेखिएको ठहर गर्दै सफाइ दिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट