Techie IT
२०८३ जेष्ठ ९, शनिबार

विपक्षीको दबाब पश्चात् संसद् अधिवेशन आह्वानको तयारीमा सरकार


काठमाडौं । विपक्षी दलहरूको चर्को दबाब पश्चात् सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । 

उसले यहीँ माघ तेस्रो साताभित्रै अधिवेशन आह्वान गर्ने तयारी गरेको सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनले भने, ‘माघको १८–२० गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने प्रक्रियाको थालनीमा सरकार जुटेको छ । सत्तारूढ दलहरूसँग पनि यसबारे सहल्लाह हुँदैछ ।’

संसद्को वर्षे अधिवेशन गत भदौ ३१ मा अन्त्य गरिएको थियो । वर्षे अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै हिउँदे अधिवेशन आह्वान गर्नैपर्ने कानुनी व्यवस्था छ ।  

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नेछन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट