Techie IT
२०८२ वैशाख १८, बिहीबार

सी र पुटिनबीच भिडियो वार्ता, के भयो कुरा ?


चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ ।

सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्नेबारे तत्काल विवरण दिएको छैन ।

चीनले सन् २०२२ फेब्रअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ ।

तर बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् । 

दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनको छ भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गरेका छन् । 

गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’लाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको सिसिटिभीले जनाएको छ ।

‘एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुटनिरपेक्षता, गैर–द्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्,’ प्रसारकले सीलाई उद्धृत गरेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट