काठमाडौंबाट स्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित १ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौंबाट ३९ लाखभन्दा बढी नगदसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चितवन भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई आइतबार दिउँसो उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई उक्त नगदसहित फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
यस घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस