Techie IT
२०८३ असार ५, शुक्रबार

क्यानडामा खेल्न जानेलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जानेलाई बिदाई गरेको छ।


नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जानेलाई बिदाई गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्यो। 

सोमबार, कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १६ सदस्यीय टोलीको घोषणा गरिएको छ। नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्। देव खनाल ट्राभलिङ रिजर्भमा छन्।

बिदाई कार्यक्रममा, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबै खेलाडीको प्रशिक्षण उत्कृष्ट भएकाले सकारात्मक नतिजा आउने अपेक्षा व्यक्त गरे।

त्रिकोणात्मक सिरिज खेल्न जानेलाई दुई महिना देश बाहिर रहने छ। लिग-२ सिरिजपछि नेपालले क्यानडासँग टी-२० सिरिज खेल्नेछ र त्यसपछि अमेरिकी भ्रमण गर्नेछ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट