Techie IT
२०८३ श्रावण १, शुक्रबार

दसैँका लागि १,८०० खसी बोका र च्याङ्ग्रा काठमाण्डौं ल्याइँदै


सरकारले यस वर्षको दसैँ पर्वका लागि १,८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १,५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने योजना बनाएको छ। सोही दिनदेखि बिक्री सुरु हुने जानकारी कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले दिएकी छन्।

अधिकारी सुवेदीका अनुसार यस वर्ष खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण अझै भइसकेको छैन, तर खुला बजारभन्दा सहुलियत मूल्यमा बिक्री गरिने बताइएको छ। गत वर्ष जिउँदो खसीको प्रतिकिलो मूल्य ६७० रुपैयाँ तोकिएको थियो, तर बिक्री नहुँदा पछि २० रुपैयाँ सहुलियत दिँदै ६५० रुपैयाँ कायम गरिएको थियो। च्याङ्ग्राको प्रतिकिलो मूल्य १२५० रुपैयाँबाट घटाएर १२२५ रुपैयाँ निर्धारण गरिएको थियो।

कम्पनीले यसवर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ, जुन गत वर्षको तुलनामा कम हो। गत वर्ष २ हजार खसीबोका र ५४२ च्याङ्ग्रा ल्याइएको थियो, जसमा सबै च्याङ्ग्रा बिक्री नभएकाले घाटा व्यहोर्नु परेको थियो।

च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका हेटौँडा, दाङलगायतका ठाउँबाट ल्याइने योजना रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट