Techie IT
२०८२ चैत्र ९, सोमबार

कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी, इकु (सुलेमान शंकर) पक्राउ


कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन्। उनलाई प्रहरीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो। सुलेमान शंकरको वास्तविक नाम सूर्यमान शंकर हो र उनी ४० वर्षका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रमको बहानामा गैर-कलाकारहरूलाई कलाकारको रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको पाइएको छ। यस क्रममा उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ।

सीआईबीका एसपी होविन्द्र बोगटीले इकुले नक्कली कागजात बनाइ व्यक्तिहरूलाई विदेश पठाउने योजना बनाएको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरिएको बताए। इकुविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट