Techie IT
२०८२ फागुन १५, शुक्रबार

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा चार पक्षीय प्रतिस्पर्धा– जनार्दन शर्मा समूहकी फूलमाया विजयी


काठमाडौं । अखिल (क्रान्तिकारी)को कोषाध्यक्ष पदमा चार पक्षीय प्रतिस्पर्धा भएको थियो । 

उक्त पदमा संस्थापन र इतरपक्षसहित चार पक्षीय प्रतिस्पर्धा भएको हो । 

कोषाध्यक्षको इतर पक्षमा पार्टी उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत पक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो । 

शनिबार भएको निर्वाचनमा केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भएकी छन् । 

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा फूलमाया निर्वाचित भएकी हुन् ।

उनी उपमहासचिव जनार्दन शर्मा पक्षकी उम्मेदवार हुन् । उनले ५९६ मत ल्याएकी छन् भने संस्थापन र अन्य पक्षका उमेदवार पराजित भएका छन् । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट