भावी रणनीति तय गर्न छलफलमा समाजवादी मोर्चा
काठमाडौं । झन्डै ६ महिनापछि चार दलीय समाजवादी मोर्चाको बैठक काठमाडौंमा बसिरहेको छ ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा विगतका कामको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल भइरहेको छ ।
बैठकमा भावी योजना तय गर्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल भइरहेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
मोर्चाले नेकपाका खड्गबहादुर विश्वकर्मा, माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेसपाका गंगा श्रेष्ठ रहेको कार्यदल गत साउन १ गते गठन गरिएको थियो ।
कार्यदललाई १५ दिनको समय दिएपनि ६ महिनापछिमात्र समाजवादी मोर्चाको बैठक बसेको हो ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दल संलग्न छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस