Techie IT
२०८२ फागुन १५, शुक्रबार

यो गठबन्धन रहेसम्म सरकार ढल्दैन - माधवकुमार नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उहाँले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । अध्यक्ष नेपालले भने, “सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।”

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उहाँले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताएका छन् ।

अध्यक्ष नेपालले विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूलाई विद्यालयको आइएसओ प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रिन्सिपल डा कोजूले आज सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सहिदप्रतिको सम्मान, देशप्रेमको भावना जगाउनुका साथै गुणस्तरीय शिक्षामा कटिबद्ध रहको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट