Techie IT
२०८३ जेष्ठ ९, शनिबार

विपक्षीद्वारा अध्यादेश अस्वीकार र विरोध गर्ने निर्णय, संसद्‌मा सशक्त प्रतिवादको तयारी


काठमाडौं । सरकारले ल्याएको अध्यादेश अस्वीकार र विरोध गर्ने विपक्षी दलहरूले निर्णय गरेका छन् । 

आज (बिहीबार) सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीर र विरोध गर्ने निर्णय गरेको हो ।

यसका साथै भोलि (शुक्रबार) देखि सुरु हुने संसद्को हिउँदे अधिवेशमा विपक्षी दलहरू कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि बैठकमा छलफल भएको छ । 

उनीहरूले यसअघि सकारले ल्याएको ६ वटा अध्यादेश र ३२ वटा विधेयक अस्वीकार र विरोध गर्ने आधिकारिक निर्णय नै गरेका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वत्नत्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेताहरूको सहभागिता थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट