Techie IT
२०८२ फागुन १५, शुक्रबार

माओवादी संसदीय दलको बैठक आह्वान


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आह्वान गरिएको छ । 

बैठक सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आह्वान गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

उनका अनुसार भोलि (शुक्रबार) देखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा माओवादी सांसदहरू संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ । 

यसका साथै माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेश र विधेयक अस्वीकार र विरोध गर्ने बताएको छ । यसबारेमा पनि माओवादीले सघन छलफल गर्ने सापकोटाले बताए । 

माओवादी केन्द्रको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्नेछ । 

कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले ६ वटा अध्यादेश र ३२ वटा विधेयक ल्याएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट