Techie IT
२०८२ फागुन १५, शुक्रबार

अध्यक्ष प्रचण्ड र अखिल क्रान्तिकारीका पदाधिकारीबीच भेटवार्ता, के भयो कुरा ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता भएको छ । 

आज (बिहीबार) बिहान खुमलटारमा नवनिर्वाचित पदाधिकारीहरूबीच भेटवार्ता भएको अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । 

अखिल (क्रान्तिकारी)का पदाधिकारीलाई बधाई दिँदै शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलन सही ढंगले प्रयोग हुने विश्वास लिएको बताएका छन् । 

उनले लेखेका छन्, ‘आज बिहान खुमलटारमा अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूसँग भेट भयो । आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रूपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनैतिक आन्दोलनको सेवा गर्न सही ढंगले प्रयोग हुने विश्वास लिएको छु । सम्पूर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ 

त्यस्तै उनले अखिल (क्रान्तिकारी)कै पूर्व पदाधिकारीलाई पार्टीका विभिन्न भूमिकामा रहेर क्रियाशिल हुन आग्रह गरेका छन् । प्रचण्डले सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन समिति, पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मी र पत्रकार सबैलाई धन्यवाद दिएका छन् ।

अखिल (क्रान्तिकारी) नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन हो । उसले भर्खरै २३औँ सम्मेलन सम्पन्न गरेको छ ।  

उक्त सम्मेलनबाट नयाँ पदाधिकारी निर्वाचित भएका छन् । अध्यक्षमा विजय प्रकाश सापकोटा, उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव, उमेश कँडेल निर्वाचित भएका छन् । 

त्यस्तै महासचिवमा रोशन थापा मगर, उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की निर्वाचित भएका छन् । 

सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आले मगर, संकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जीतेन्द्र भण्डारी र युन्छो हाङ्ग मावो निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया राना मगर निर्वाचित भएकी छन् । 

अखिल (क्रान्तिकारी)ले २३औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरेको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट