Techie IT
२०८२ फागुन १५, शुक्रबार

युवाहरूको ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी रुपान्तरणमा सही ढङ्गले प्रयोग हुनुपर्ने बताएका छन् ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरुले आज उनको निवास खुमलटारमा गरेको भेटमा अध्यक्ष प्रचण्डले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले भने, “आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ।”

उनले सम्पुर्ण निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन आह्वान गरे ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट