ट्रम्पको नयाँ धम्की: ब्रिक्स राष्ट्रहरूलाई सतप्रतिशत भन्सार महसुल लगाउने चेतावनी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई सतप्रतिशत भन्सार महसुल लगाउने धम्की फेरि दोहोर्याएका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै भनेका छन्, "ब्रिक्स देशहरूले अमेरिकी डलरबाट टाढा जाने प्रयास गरिरहेका छन्, जुन अब सह्य छैन । यी देखिने रूपमा शत्रुवत राष्ट्रहरूले प्रतिबद्धता जनाउनैपर्छ कि न त उनीहरूले नयाँ मुद्रा बनाउनेछन्, न त अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने कुनै प्रयास गर्नेछन् ।"
उनको चेतावनी फेब्रुअरी १ को समयसीमाभन्दा केही दिन अघि आएको हो। ट्रम्पले यसअघि नै छिमेकी क्यानाडा र मेक्सिकोलाई पनि अमेरिकी सीमामा अवैध आप्रवासी नियन्त्रण र फेन्टानल आपूर्ति रोक्न नसके २५ प्रतिशत भन्सार महसुल लगाउने धम्की दिइसकेका छन् ।
चीनमाथि पनि कडा रूपमा टिप्पणी गर्दै ट्रम्पले व्यापार असन्तुलन र कथित फेन्टानल आपूर्तिमा संलग्नताका कारण फेब्रुअरी १ देखि चिनियाँ वस्तुहरूमा थप १० प्रतिशत कर लगाइने बताए ।
विश्लेषकहरूका अनुसार यो चेतावनीले विश्वव्यापी व्यापार सम्बन्धमा नयाँ तनाव निम्त्याउने सम्भावना छ ।
तपाईको प्रतिक्रिया दिनुहोस