सिंहदरबारलाई बेनीबाट प्रचण्डको खबरदारी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को खबरदारी सभा माग्दीको बेनीमा जारी छ ।
आज (मंगलबार) बिहान ११ बजेदेखि उक्त सभा सुरु भएको हो ।
सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेनी पुगेका छन् । उनले केहीबेरमा खबरदारी सभालाई सम्बोधन गर्नेछन् ।
प्रचण्ड सभामा सहभागी हुन हिजो (सोमबार) पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । उनीसँगै पार्टीका नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारी पनि छन् ।
बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा प्रचण्डले छलफल गरेका थिए ।
स्थानीयले तातोपानी कुण्डको संरक्षणका लागि पहल गरिदिन उनीसँग आग्रह गरेका छन ।
म्याग्दी नदी बढेका बेला उक्त कुण्डमा असर पर्ने भएकाले नदीमा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ थियो ।
स्थानीयले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रचण्डले यसका लागि पहल गर्ने आश्वासन दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस