Techie IT
२०८३ असोज १२, सोमबार

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको आपत्ति


नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न कडा माग गरेका छन्। समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको उपहास भएको उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै प्रचण्डले लेखेका छन्, "नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो। म उहाँको तत्काल रिहाइको माग गर्दछु।"

समाचार प्रकाशनकै विषयलाई लिएर सम्पादक श्रेष्ठलाई गए राति प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। उनलाई आज अदालतमा पेस गर्ने प्रहरीको तयारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट