आजको राशिफल माघ २३ गते

आज विक्रम संवत २०८१ साल माघ २३ गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी ५ तारिख । नेपाल संवत् ११४५ ।माघ शुक्ल पक्षको अष्टमी तिथि।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४६ मिनेट । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
आजको राशिफल:
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):
मेहेनत गर्दा आटेको काम बन्नेछ र जुझारु कार्यशैलीले लक्ष्यमा पुग्न मद्दत पुर्याउनेछ । व्यवसाय र लगानीमा वृद्धि हुनेछ र शेयर बजारमा फाइदा हुनेछ । परिवारसँग रमाइलो समय बिताउने अवसर हुनेछ। प्रविधिको प्रयोगले अध्ययनलाई सहज बनाउँछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):
धार्मिक र सामाजिक काममा सक्रिय हुन सकिनेछ । आर्थिक अवस्था सुदृढ बन्नेछ, र केही रकम बचत पनि हुनेछ । पढाइमा समय लगाउँदा राम्रो परिणाम प्राप्त हुनेछ । माया सम्बन्धमा सुधार हुनेछ, र विदेश यात्रा लाभदायक हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा):
प्रियजनबाट चिट्ठा र उपहार पाउनेछ, जसले मन प्रफुल्लित बनाउनेछ । व्यापारमा राम्रो प्रगति हुनेछ, र वित्तीय स्थितिमा सुधार हुनेछ । पढाइमा सफलता मिल्नेछ। प्रणय सम्बन्ध विवाहको दिशा तर्फ अघि बढ्नेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो):
समाजसेवा र राजनीतिमा सक्रियता बढ्नेछ । व्यापार र उद्योगमा लाभ हुने छ। अध्ययन र अनुसन्धानमा प्रगति हुनेछ, र तपाईंको बौद्धिकता सम्मानित हुनेछ । प्रेम सम्बन्धमा मजबुति आउनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):
लामो समयदेखि रोकिएका कामहरू पूर्ण हुनेछन् । व्यापार र परिवारको सहयोगले मन प्रसन्न रहनेछ । समाजमा नाम कमाउने अवसर प्राप्त हुनेछ । उच्च शिक्षाका लागि यात्रा गर्नुपर्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो):
समय अनुकूल रहेकोले अनावश्यक धन र सम्पत्ति प्राप्ति हुनेछ । गहिरो अध्ययन र अनुसन्धानमा समय दिनुपर्ने छ । प्रेम सम्बन्धमा प्रगति हुनेछ। व्यापारमा राम्रो नाफा र स्वास्थ्यमा ध्यान दिनुपर्ने छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते):
एकल र साझेदारी व्यापारमा सफलता प्राप्त हुनेछ। पढाइमा अपेक्षित परिणाम हात लाग्नेछ । पारिवारिक यात्रामा रमाइलो भोजन र समय बिताइनेछ। माया सम्बन्ध सुदृढ हुनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु):
प्रतिस्पर्धामा अग्र स्थानमा रहन सकिनेछ । व्यापारमा प्रगति हुने छ र आम्दानी बढ्नेछ । पुराना ऋण र रोगबाट छुटकारा पाइनेछ । कुटुम्बको सहयोग प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे):
उपहार र चिट्ठा प्राप्ति हुनेछ। भौतिक सम्पत्ति र शिक्षामा लगानी गर्नाले धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ आगमन र सन्तानको प्रगति हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी):
व्यापारमा लाभ हुनेछ। परिवारसँग रमाइलो समय बिताउन सकिनेछ। माया सम्बन्धमा सुधार हुनेछ । स्वास्थ्य समस्याहरू हुन सक्छ । लामो यात्रा गर्दा सचेत रहनु होला ।
कुम्भ (गु,गे,गो,सा, सि,सु,से,सो,दा):
माया सम्बन्ध सुदृढ हुनेछ । रोकिएका कामहरू बन्नेछन् । पढाइ लेखाइमा सुधार र सफलता प्राप्त हुनेछ । छिमेकहरूसँग राम्रो सम्बन्ध बनाउने अवसर हुनेछ । काममा सानो प्रयासले ठूलो फाइदा हुने योग छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची):
व्यापारमा वृद्धि हुने र लगानीका अवसरहरू प्राप्त हुनेछन् । काममा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ । साथीभाइसँग रमाइलो समय बिताउने अवसर हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस