कांग्रेस अछाम–१ का क्षेत्रीय सभापति पक्राउ
काठमाडौं । नेपाली कांग्रेस अछाम–१ का क्षेत्रीय सभापति पक्राउ परेका छन् । मानव तस्करी तथा ठगी अभियोगमा सभापति ताराप्रसाद खनाल पक्राउ परेका हुन् ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले हिजो (सोमबार) काठमाडौंको महाराजगञ्जबाट प्रहरीले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए ।
उनको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको छ । वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गरेको अभियोगमा पक्राउ उनी परेका हुन् ।
पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस