Techie IT
२०८२ मंसिर ५, शुक्रबार

रविलाई प्रहरी हिरासतमा राख्न आदेश


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न चितवन जिल्ला आदालतले आदेश दिएको छ । 

चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा संलग्न रविविरुद्धको मुद्दाको छुनछेक बहस आज (बुधबार) नसकिएपछि अदालतले हिरासत पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दा थुनछेक बहस भएको थियो । बहस नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

आज जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि बुधबारका लागि बहस सकिएको छ । 

सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जनाले बहस गरेका थिए ।

सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने तयारी छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट