Techie IT
२०८२ मंसिर ५, शुक्रबार

पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी अभिव्यक्ति दिन थालेपछि त्यस्तो निर्देशन दिइएको हो ।

जनताप्रति भ्रमसिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेकाले यस्ता क्रियाकलाप रोक्न तथा पार्टीका अनुशासित र स्वाभिमानी नेता कार्यकर्ताहरुप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए ।

पार्टी केन्द्रीय नेताहरुको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न उनले आग्रह गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट