Techie IT
२०८२ मंसिर ५, शुक्रबार

छलफलमा जुट्दै प्रधानमन्त्री र मुख्यमन्त्रीहरू


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफूले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेको जानकारी दिएका हुन् । 

विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे जानकारी लिन सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले एक्सन रूमबाट छलफल गर्न लागेका छन् । 

उनले लेखेका छन्, ‘हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदैछ ।’

प्रधानमन्त्रीले विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी गरेको जानकारी गराएका छन् । विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता मुक्तानी गरेको बताएका छन् ।  

‘हाम्रो प्राथमिकता छ– ‘थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ ।’

उनले आफू प्रधानमन्त्री भएयता पूर्वाधार निर्माण सम्बन्धी रोकिएका काम द्रूत गतिमा अगाडि बढेको दाबी गरेका छन् । 

‘पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रूत गतिमा अगाडि बढेका छन्,’ उनले लेखेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट