Techie IT
२०८३ असार २५, बिहीबार

अदालत परिसरमै अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने रास्वपाका ३ कार्यकर्ता धरौटीमा रिहा


काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने रास्वपाका तीन जना कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका तीनै जनालाई एक÷एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौं टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सीतादेवी राईविरुद्ध मुद्दा दर्ता भएको थियो ।

रास्वपा सभापति एवं सहकारी ठगी अभियुक्त रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेटबाहिर त्रिपाठीमाथि हातपात गरेका थिए ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट