बाबुराम भट्टराईको पार्टी अधिवेशनमा पुरानालाई बाइपास, नयाँलाई फ्रन्टमा आसन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को महाधिवेशन सुरु भएको छ ।
आज (आइतबार) बिहानदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा प्रथम अधिवेशन सुरु भएको हो ।
अधिवेशनमा पुराना दललाई निम्ता दिइएको छैन भने नयाँ दललाई निम्ता दिइएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पुराना दललाई भट्टराईले निम्ता दिएका छैनन् ।
उनले पुराना दललाई निम्ता नदिएपछि ती दलका कुनै पनि नेता अधिवेशनमा उपस्थित भएका छैनन् ।
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतलाई निम्ता दिइएको छ ।
ती दलका शीर्ष नेतालाई भट्टराईले फ्रन्ट आसनमा आफ्नो दायाँ–बाँया राखेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस