Techie IT
२०८२ भाद्र ६, शुक्रबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी: तीन जना पक्राउ


विभिन्न देशमा आकर्षक रोजगारीको आश्वासन दिँदै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा अर्घाखाँचीकी प्रभा श्रेष्ठ रायमाझी (३५), बर्दियाकी सिर्जना पौडेल (३४) र खोटाङका राकेशन राई (३८) रहेका छन् ।

प्रहरीका अनुसार प्रभाले सिंगापुर पठाउने बहानामा तीन पीडितबाट ७ लाख रुपैयाँ, सिर्जनाले क्रोएसिया पठाउने भन्दै दुई पीडितबाट ६ लाख रुपैयाँ, र राकेशनले युके पठाउने आश्वासनमा पाँच पीडितबाट १९ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले प्रभालाई ललितपुरबाट, सिर्जनालाई बुढानिलकण्ठबाट आइतबार र राकेशनलाई भक्तपुरबाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट