निरंकुशताको सुरुवात नै ओलीको अध्यादेश हो : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरपक्षका नेता डा.शेखर कोइरालले अध्यादेशमार्फत देश चलाउन खोज्नु निरकुंशताको सुरुवात भएको टिप्पणी गरेका छन् ।
आज (सोमबार) चितवनको भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुमत सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउनु खोज्नु निरंकुशताको सुरु भएको टिप्पणी गरेका हुन् ।
कोइरालाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले अध्यादेशमा विश्वास नगर्ने स्पष्ट पारे । जनप्रतिनिधिको सर्वोच्च थालो संसद् हुँदाहुँदै अध्यादेश ल्याउन नहुने बताए । संसद्बाटै ऐन, नियम, कानुन बनाउनुपर्ने जिकिर गरे ।
उनले भने, ‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी छैन । गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिन्छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस