आजको राशिफल (माघ २९)

विक्रम संवत २०८१ माघ २९, मंगलबार
माघ शुक्ल पक्ष चतुर्दशी तिथि
ईश्वी सन् २०२५ फेब्रुअरी ११
नेपाल संवत् ११४५, उत्तरायण, शिशिर ऋतु
सूर्योदय: बिहान ६:४६ | सूर्यास्त: बेलुकी ५:५१
रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीद्वारा प्रस्तुत फलादेश:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आमाको सहयोगले सुधारात्मक काम अघि बढ्न सक्नेछ । कृषि तथा पशुपालन व्यवसायले राम्रो फाइदा दिनेछ । समाजसेवामा लागेका व्यक्तिले सबैको साथ पाउनेछन् । सवारी साधन तथा वित्तीय क्षेत्रमा लगानी गर्दा राम्रो नाफा कमाइनेछ ।
वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
गलत बुझाइले आफ्नो प्रतिष्ठामा असर पुग्न सक्नेछ । रमाइलो यात्राको योजना बनाउने भए पनि बढी उत्साहित हुनु हानिकारक हुनसक्छ । व्यापारमा नाफा पाउन समय लाग्नेछ । माया प्रेममा केही मनमुटाव भए पनि अन्ततः सहकार्य हुन सक्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ व्यवसायमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ । काउन्सेलिङ र सञ्चार क्षेत्रका लागि राम्रो समय रहेकोछ । मनपर्ने वस्त्र र भोजनको आनन्द लिने मौका मिल्नेछ । लामो समयपछि मित्रहरूसँग भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीति र कल्याणकारी कार्यबाट नाम र दाम कमाउन सकिनेछ । व्यापार र शेयर बजारले राम्रो नाफा दिनेछ । पढाइमा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । जीवनसाथीको साथले सफल काम गर्न मद्दत पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विदेश यात्रा र विदेशी सामानको व्यापारले लाभ दिनेछ । उत्पादनका क्षेत्रमा सक्रिय भए सफलता मिल्नेछ । अग्रजहरूको सल्लाहबाट महत्वपूर्ण काम अगाडि बढ्नेछ । प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा शेयर बजारमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ । सामाजिक सञ्जालको प्रयोगले विचारहरू प्रवर्द्धन गर्न सकिनेछ । इच्छित उपलब्धि हात पार्न सकिनेछ । जीवनसाथीको साथले प्रेरणा दिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीरमा चोटपटक र घाउको सम्भावना छ । माया प्रेम र पारिवारिक सम्बन्धमा मनमुटावको सम्भावना छ । आर्थिक लेनदेन गर्दा सतर्कता अपनाउनुहोला । सामाजिक सञ्जाल प्रयोग गर्दा विचार पुर्याउनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वित्तीय लगानीले राम्रो नाफा दिनेछ । लामो दुरीको धार्मिक यात्राको सम्भावना छ । परिवार र आफन्तसँग रमाइलो समय बित्नेछ । नयाँ काम वा नोकरीको अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
पुराना लगानीले प्रतिफल दिनेछ । व्यापार व्यवसायले गति लिनेछ । धार्मिक र शैक्षिक यात्राको अवसर जुर्नेछ । विदेशमा अध्ययन गर्नेहरूका लागि समय फलदायी रहनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो)
प्रेम सम्बन्धमा अविश्वासले समस्या आउन सक्छ । साझेदारी व्यवसायमा सतर्कता अपनाउनुहोला । विलासी वस्तुको प्रयोग गर्दा ध्यान पुर्याउनुहोला । यात्रा सोचेजस्तो सफल नहुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यले साथ नदिन सक्छ । माया प्रेममा धोका हुनसक्छ । अध्ययनमा ध्यान केन्द्रित गर्न नसक्दा अरुले सफलता हात पार्नेछन् । आफन्तबाट खासै सहयोग नपाइने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
ज्ञान र बुद्धिको सही उपयोगले चुनौती पार गर्न सकिनेछ । परिवारको सहयोगले उन्नति हुने योग छ । मन परेका व्यक्तिबाट उपहार प्राप्त हुनेछ । वित्तीय क्षेत्रमा राम्रो लाभ लिन सकिनेछ ।
शुभदिन !
तपाईको प्रतिक्रिया दिनुहोस