Techie IT
२०८२ वैशाख १८, बिहीबार

अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम जटिल: सबै इजरायली बन्धक रिहा गर्न ट्रम्पको चेतावनी


गाजा युद्धविरामसँग सम्बन्धित विषयहरू थप जटिल बनेको हमासका वरिष्ठ नेता सामी अबु जुहरीले मंगलबार टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्न चेतावनी दिएपछि जुहरीले ट्रम्पलाई सम्झौता पालनाको आवश्यकता रहेको बताए ।

"ट्रम्पले सम्झनुपर्छ कि दुवै पक्षले सम्झौताको सम्मान गर्नुपर्छ । धम्कीको भाषाको कुनै मूल्य छैन, यसले स्थिति थप जटिल बनाउँछ," जुहरीले भने ।

गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँ अन्त्य गर्न जनवरी १९ देखि युद्धविराम लागु गरिएको थियो। यसअन्तर्गत सयौँ प्यालेस्टिनी कैदीहरूको सट्टामा पाँच समूहका इजरायली बन्धकको रिहाइ भएको थियो ।

तर गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

"शनिबार १२ बजेसम्म सबै इजरायली बन्धक रिहा नभए युद्धविराम अन्त्य गर्नुपर्नेछ," ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।

हमासले भने इजरायलले सहायता वितरण लगायत सम्झौताका अंश पालना नगरेको आरोप लगाउँदै अर्को बन्धकको रिहाइ स्थगित गरिएको घोषणा गरेको छ ।

युद्धविराम सम्झौताले गाजामा स्थिरता ल्याउने अपेक्षा गरिए पनि पछिल्ला घटनाक्रमले तनाव थप चुलिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट