रविविरुद्ध बोलेपछि रामहरि खतिवडामाथि खनिए माओवादी–रास्वपा सांसदहरू
काठमाडौं । संसद् बैठकमा रवि लामिछानेविरुद्ध कांग्रेस सांसद रामहरि खतिवडाले बोलेपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले विरोध गरेका छन् ।
आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई सभामुखको ड्यासमा रहेकी उपसभामुख इन्दिरा रानाले बोल्न दिएपछि संसद्को कारबाही प्रभावित भएको छ ।
विशेष समयमा रामकृष्ण यादवलाई बोल्न दिएपछि खतिवडाले समय मागेका थिए । खतिवडाले समय माग गर्दा उनलाई उपसभामुख रानाले दुई मिनेटको समय दिइन् । खतिवडाले रास्वपाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिए ।
लगत्तै रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाएका थिए । उनले सत्तापक्षलाई जतिबेला पनि बोल्न दिने भन्दै आपत्ति जनाए । उनले खतिवडाले बोलेको नहटाएसम्म आफू उभिने बताए । त्यसपछि रास्वपाका सांसदहरू उठे ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद् नियमावली अनुसार नचलेको बताए । उनले कुन नियमावली अन्तर्गत बोल्न दिइयो ? भन्दै जवाफ मागे ।
रानाले गम्भीर ध्यानकर्षण भएको भएको भन्दै अध्ययनका लागि सचिवलायलाई निर्देशन दिइन् । तर, प्रतिपक्षले रेकर्डबाट हटाउन माग गरिरहेका छन् । जसकारण सदनको कामकारबाही प्रभावित भएको छ ।
खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भएका केही कमजोरीबारे बोलेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस