Techie IT
२०८२ मंसिर ३, बुधबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवासमा


काठमाडौं । उच्चस्तरीय सत्तारूढ राजनीतिक संयन्त्रको बैठक बसेको छ । आज (मंगलबार) साँझ ६ बजेबाट उक्त संयन्त्रको बैठक बसेको हो । 

प्रधानमन्त्री निवासमा बालुवाटारमा उच्चस्तरीय सत्तारूढ राजनीतिक संयन्त्रको बैठक बस्न बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । 

त्यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् । 

संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट