Techie IT
२०८२ मंसिर ३, बुधबार

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै


पाल्पाको ऐतिहासिक र पर्यटकीय स्थल रानीमहलमा आज लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूको बीचमा अन्तरप्रदेश समन्वय बैठक हुने भएको छ । कालीगण्डकी नदीको किनारमा अवस्थित रानीमहल दरबारमा हुने यस बैठकमा प्रदेशका मन्त्री, मुख्यसचिव, सचिव लगायतका उच्च अधिकारीहरूको उपस्थितिमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे गहन छलफल हुने जनाइएको छ ।

कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने भुमिका खेलेकोले, यस बैठकले दुई प्रदेशको पर्यटन प्रवर्द्धन, व्यापार र व्यवसायको क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । तानसेन-१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बैठकलाई विशेष चासोका साथ हेरिरहेको उल्लेख गर्दै, यसका माध्यमबाट नदी वारिपारिका क्षेत्रको समृद्धि र विकासमा साझा सरोकारका विषय उठाइने बताए ।

पाल्पाको रानीमहल दरबार, जुन नेपालका ताजमहलको रूपमा प्रसिद्ध छ, तानसेनबाट १३ किलोमिटर उत्तरमा अवस्थित छ । रानीमहलको परिसरमा २४ कोठा, मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीको जल शेचनको दृश्य र अन्य आकर्षक कलाकृतिहरू छन् । यस क्षेत्रको आकर्षणसँगै, हाल यहाँ होटल र रिसोर्टहरूको संख्या बढ्दो छ, जसले पर्यटकहरूलाई थप आकर्षित गर्दैछ ।

यस ऐतिहासिक स्थलको निर्माण १९५० मा पाल्पा गौँडाका प्रधानसेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा गरेको थियो । रानीमहलको आकर्षण र यसको ऐतिहासिक महत्त्वले आज पनि पर्यटकहरूको ध्यान आकर्षित गर्दछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट