Techie IT
२०८३ वैशाख २१, सोमबार

नेपाल प्रिमियर लिगका मार्की खेलाडीहरूको घोषणा, प्रत्येकले पाउनेछन् २० लाख रुपैयाँ


नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि मार्की खेलाडीहरूको घोषणा गरेको छ।

शनिबार भएको 'लक्की ड्र' मार्फत विभिन्न टिमहरूले आफ्ना मार्की खेलाडीहरू पाएका छन्। काठमाडौंले करण केसीलाई, पोखराले कुशल भूर्तेललाई, चितवनले कुशल मल्ललाई, विराटनगरले सन्दीप लामिछानेलाई, लुम्बिनीले रोहित पौडेललाई, जनकपुरले आसिफ शेखलाई, कर्णालीले सोमपाल कामीलाई, र सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीका रूपमा पाएको छ।

एनपीएलको यो प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। मार्की खेलाडीहरूलाई प्रत्येकले २० लाख रुपैयाँ पारिश्रमिक दिइनेछ र उनीहरूले तीन वर्ष खेल्नुपर्ने हुन्छ। फ्रेन्चाइज टिमहरूले मार्की खेलाडीलाई राख्न वा रिलिज गर्न सक्ने अधिकार क्यानसँग समन्वय गरी प्रयोग गर्नुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट