Techie IT
२०८३ वैशाख २१, सोमबार

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुनेछ: मन्त्री चौधरी

खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न हुने बताएका छन्।


खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न हुने बताएका छन्। शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म सुर्खेतमा हुने जानकारी दिए। 

सरकारले राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट छुट्याएको र रङ्गशालाको भौतिक पूर्वाधारको काम दशैं अगाडि सम्पन्न हुने जनाए। उनले बजेटको कमीका कारण खेलकुद क्षेत्रमा अपेक्षित काम गर्न नसकिएको गुनासो गरे। 

वर्तमान सरकारको पहिलो निर्णय अनुसार कीर्तिपुर रङ्गशाला ३ सय दिनमा तयार गर्ने लक्ष्य राखिएको छ, जसका लागि २० करोड रुपैयाँ छुट्याइएको छ। यो काम ३ सय दिनमा पूरा गर्न असम्भव देखिएपछि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए।         



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट