Techie IT
२०८२ चैत्र ९, सोमबार

प्रचण्डद्वारा झापाको विवादास्पद गिरिबन्धु टी-स्टेटमा मार्चपास, सर्वसाधारणको न्यायका लागि संघर्षको घोषणा


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झापा बिर्तामोडमा विवादास्पद गिरिबन्धु टी-स्टेट क्षेत्रमा आज विहान मार्चपास गरेका छन्। 

उनी आज बिहान सयौं कार्यकर्तासहित त्यहाँ पुगेका थिए, जहाँ उनले अवैध तरिकाले सरकारको सम्पत्ति कब्जा गर्नेहरूसँग लड्ने प्रतिबद्धता जनाएका छन्। प्रचण्डले कानुन विपरीत सट्टापट्टा गरेर जग्गा खरिद गरेका सर्वसाधारणको क्षेत्र बसपार्कमा पुगेर उनीहरूको न्यायका लागि सदन, सडक र सरकारमा संघर्ष गर्ने बताएका छन्।

कार्यक्रमको क्रममा बसपार्क समन्वय समितिका संयोजक सुजन सिवाकोटीले प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए। सिवाकोटीले आफूहरूलाई झुक्याएर जग्गा बेचिएको र आफूहरू भ्रष्ट वा घुसखोर नभएको भन्दै न्यायको माग गरेका थिए।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, गिरिबन्धु टी-स्टेटले २०५२ सालमा मन्त्रीस्तरीय निर्णयबाट ५१ बिगाहा जग्गा आफ्नो भगिनी संस्था नाज टी-स्टेटलाई हस्तान्तरण गरेको थियो। 

२०६० सालमा सो जग्गा बेच्न स्वीकृति दिएपछि विभिन्न व्यक्तिहरूलाई यो जग्गा बेचिएको थियो। तर, भूमि ऐन अनुसार कृषि प्रयोजनको जग्गा बेच्न नपाइने व्यवस्था रहेको छ। सर्वोच्च अदालतले पनि ५१ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता गर्न आदेश दिएको छ।

त्यहाँ बसोबास गर्ने सर्वसाधारणको जीवन अहिले निकै कष्टकर बनेको छ। जग्गाको कानुनी अन्योलका कारण बैंकिङ कारोबार, घरजग्गा किनबेच, धितो तथा लोन पास जस्ता कामहरू अवरुद्ध भएका छन्। बैंकहरूले कर्जा मिलानको दबाब दिइरहेका र नतिरे कालोसूचीमा राख्ने धम्की दिइरहेको उनीहरूले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट