Techie IT
२०८२ वैशाख २८, आइतबार

झापा र बर्दियामा लागूऔषधसहित तीन जना पक्राउ


झापा र बर्दियामा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापा गाउँपालिका-५ पन्थपडाबाट ब्राउनसुगर जस्तो देखिने ३७० मिलिग्राम पदार्थसहित आइतबार दिउँसो २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमद पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट खैरो हेरोइन जस्तो देखिने ६० मिलिग्राम लागूऔषधसहित १५ वर्षीय किशोर पक्राउ परेका छन् । भारतबाट साइकलमा नेपाल आउँदै गरेका उनलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट