Techie IT
२०८२ असोज ८, बुधबार

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार ७५ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति गरिएको छ, जसमा ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा उक्त प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोही निर्णयअनुसार २ जना प्रहरी नायव उपरीक्षकहरू संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन् भने १ जना विदेशमा तालिमको सिलसिलामा रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै, प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति प्राप्त प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा निष्ठापूर्वक र उच्च समर्पण भावले कार्यसम्पादन गर्न निर्देशन दिए । उनले प्रहरी सेवामा नागरिकको पहुँच सहज र प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुनी ढंगले कार्य गर्नुपर्ने आवश्यकता व्यक्त गरे ।

समारोहमा प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य अधिकारी र प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट