Techie IT
२०८३ असार २०, शनिबार

चीनमा पहिरोका कारण १० को मृत्यु, १९ अझै बेपत्ता


दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा गएको पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने थप १९ जना अझै बेपत्ता रहेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार फेब्रुअरी ८ मा यिबिन सहरमा भारी वर्षापछि पहिरो गएको थियो, जसले ठूलो जनधनको क्षति पुर्याएको छ।

राज्य सञ्चारमाध्यमका अनुसार घटनामा दुई जना घाइते भएका छन् भने १० घर पहिरोले पुरिएका छन्। साथै, करिब १०० हेक्टर जमिनमा लगाइएको बाली नष्ट भएको बताइएको छ।

राज्य प्रसारक सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा उद्धारकर्ताहरू टर्चको सहायताले रातको अँध्यारोमा भग्नावशेष खोजी गरिरहेको देख्न सकिन्छ। चीन हालैका महिनाहरूमा चरम मौसमजन्य विपत्तिको चपेटामा परेको छ। गत वर्ष पनि बाढीका कारण देशभर दर्जनौंको ज्यान गएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट