देशभर छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा मंगलबार र बुधबार भएका छुट्टाछुट्टै घटनामा ६ जना मृत अवस्थामा फेला परेका छन्।
मंगलबार फेला परेका शवहरू:
सुनसरी, धरान:
धरान उपमहानगरपालिका-६ सुनौलो बस्तीका ४२ वर्षीय रोशन विश्वकर्मा आफ्नै घरमा मृत अवस्थामा फेला परे ।
गोरखा, अजिरकोट:
अजिरकोट गाउँपालिका-४, थरथरे भिर पाखामा सोही गाउँपालिका-२, खरिबोट सिरानडाँडाका ८० वर्षीय छेङि लामा मृत अवस्थामा फेला परे ।
इलाम, माङसेबुङ:
माङसेबुङ गाउँपालिका-३ फुलुङगेस्थित माईखोलामा सोही गाउँपालिका-२ पावाका ७१ वर्षीय लालमान राईको शव फेला पर्यो ।
झापा, कमल गाउँपालिका:
कमल गाउँपालिका-४, चुलाचुलि मोडस्थित नालाको डिलमा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय अर्जुन लिम्बु मृत अवस्थामा भेटिए ।
बुधबार फेला परेका शवहरू:
सुर्खेत, वीरेन्द्रनगर:वीरेन्द्रनगर नगरपालिका-१० का ४७ वर्षीय दिनेश कुमार पुरी आफ्नै घरमा मृत अवस्थामा फेला परे ।
धनकुटा, साँगुरीगढी:
साँगुरीगढी गाउँपालिका-६ मालबाँसेस्थित जंगलको घोर्ले भिरमा सुनसरी, धरान उपमहानगरपालिका-१२ चतारा लाइनकी ५७ वर्षीया सन्च माया तामाङ मृत अवस्थामा फेला परिन् ।
संबन्धित घटनाहरूको कारण खुल्न बाँकी रहेको र प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस