Techie IT
२०८२ मंसिर ३, बुधबार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुनः हत्या प्रयास


अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ। फ्लोरिडास्थित आफ्नो गोल्फ क्लबमा आइतबार हत्याको प्रयास भएको बेला ट्रम्प गल्फ खेल्दै थिए। यो घटना नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनअघि भएको हो।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प सुरक्षित छन् भने हत्याको प्रयासमा संलग्न एक संदिग्धलाई पक्राउ गरिएको छ। घटनास्थलमा एके-४७ हतियार, स्कोप, दुईवटा ब्याकप्याक, र गोप्रो क्यामेरा फेला परेको छ। सिक्रेट सर्भिसका एजेन्टहरूले झाडीमा लुकेको राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली प्रहार गरेका थिए।

यो ट्रम्पमाथि भएको दोस्रो हत्या प्रयास हो। यसअघि पेन्सिलभेनियाको बटलरमा भएको एक र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो। उक्त घटनामा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो भने एक दर्शकको मृत्यु भएको थियो।

ट्रम्पको प्रतिक्रिया
घटनापछि ट्रम्पले आफ्नो समर्थकलाई इमेलमार्फत् सम्बोधन गर्दै आफू सुरक्षित रहेको र यस्ता हत्याको प्रयासले आफूलाई रोक्न नसक्ने बताएका छन्। उनले लेखेका छन्, "म सुरक्षित छु। ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ, तर म हार मान्दिनँ।"

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट