Techie IT
२०८२ असोज ४, शनिबार

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा


काठमाडौं । नेपाली कांग्रेस श्रेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु भएको छ । 

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्ने भैरहवा कांग्रेसले जनाएको छ । 

प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना सहभागी छन् ।

यस्तै, लुम्बिनी प्रदेशका सांसद, मन्त्री र जिल्ला सभापतिहरू पनि कार्यक्रममा सहभागी छन् । 

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत सहभागी छन् । 

यसअघि कांग्रेसले माघ २१ गते सातवटै प्रदेशका सभापति तथा २२ र २३ गते कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र जिल्लाका प्रशिक्षण शाखा प्रमुखको जिम्मेबारीमा रहेका उपसभापतिलाई प्रशिक्षण दिएको थियो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट