Techie IT
२०८२ असोज ४, शनिबार

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु


मुगु । रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्मा रहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए । 

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । 

चेकजाँच पछि सल्लेरी फर्केको तर सोमबार बिहान ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर ल्याएका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए ।

आइतबार मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न आएको थियो ।   
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट