कांग्रेस सभापति भेलामा शेखर अनुपस्थित, सभापति देउवा दम्पति रूपन्देहीमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुपन्देही पुगेका छन् । कांग्रेस सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा पत्नी आरजु राणा देउवाका साथमा सोमबार बिहान विमानमार्फत भैरहवा पुगेका हुन् ।
देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
यसअघि कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले कास्कीको पोखरामा आयोजना गरेको थियो । देउवा रूपन्देही पुग्नुअघि नै कांग्रेस नेता डा।शेखर कोइराला भने विराटनगर पुगेका छन् । उनी प्रशिक्षण कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।
पोखराको कार्यक्रममा नबोलाएको रिसमा सोमबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने प्रशिक्षणमा पनि शेखर सहभागी नहुने भएका छन् । शेखरको निजी सचिवालयले विराटनगरमा पहिल्यै कार्यक्रम तय भइसकेकाले सहभागी हुन नसकेको बताएको छ ।
तर, शेखर भने १५औँ महाधिवेशनमा सभापतिमा लड्ने तयारीस्वरूप पार्टी सभापति देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस