Techie IT
२०८२ असोज ४, शनिबार

अल्पमतको सबैभन्दा ठूलो पार्टी कांग्रेस : देउवा


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस अल्पमतको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन् । 

उनले सोमबार भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणमा यस्तो बताएका हुन् । 

सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गरे । उनले भने, ‘कांग्रेस ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा म विश्वस्त छु ।’ 

यसका साथै उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशाको सञ्चार भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुईतिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उनको भनाइ थियो । 

उनले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । सरकारमा अन्य पार्टी पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताए । 

कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुरालाई आपसी छलफलबाट समाधान गर्न सकिनेमा जोड दिए ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट