माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पदाधिकारी बैठक बस्ने भएको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको जारी तराई मधेस अभियानको समीक्षाका लागि बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
माओवादीले गत सोमबारदेखि ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को सुरु गरेको थियो ।
झापाको केचनाकबलबाट सुरु भएको अभियान कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी गरेको छ ।
अभियानमा अध्यक्ष प्रचण्डसहित पार्टी पदाधिकारी पनि संलग्न छन् । यसलाई माओवादीले जनताका कुरा सुन्ने र सरकारविरुद्ध खबरदारी गर्ने बताउँदै आएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस